काठमाडौं । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा रहेको नेपाल बारको कार्यालयमा तोपका गोला र हातहतियार भेटिएका छन्।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा बारको कार्यालयमा तोपका गोला र हातहतियार भेटिएका हुन्।
नेपाल बार एसोसियसनका महासचिव एवम् वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तोपका गोलासँगै अन्य हतियारहरू भेटिएको जानकारी दिए।
उनले भने- 'सर्वोच्चमा तोपका गोलासँगै अन्य हातहतियार पनि भेटिएका छन् । तालिम प्राप्त समूहले आक्रमण गरेको देखियो।'

नेपाल बारको कार्यालयमा भेटिएका तोप र गोला तालिम प्राप्त समूहले योजनावद्ध आक्रमण गरेको हुनसक्ने महासविचको आरोप छ ।