Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राष्ट्रपतिको कार्यालयबाट चोरी भएका सामग्री बुझाउन आग्रह

राष्ट्रपतिको कार्यालयबाट चोरी भएका सामग्री बुझाउन आग्रह

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतल निवासले चोरी भएका सामग्री फेला परे बुझाउन सर्वसाधारणसँग सहयोगको आग्रह गरेको छ।

आइतबार जारी सूचनामा राष्ट्रपति कार्यालयको प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाले भदौ २४ गतेको आगलागी र तोडफोडका क्रममा हराएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, कुर्सी लगायतका सामग्री फेला परे तत्काल बुझाउन अनुरोध गरेको हो।

कार्यालयले कसैले यी सामग्री देखे, भेटे वा आफ्नो साथमा पाएको खण्डमा राष्ट्रपति कार्यालयमा वा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ। साथै, सामग्रीबारे कुनै जानकारी भए पनि तुरुन्त जानकारी दिनुपर्नेमा जोड दिएको छ।

कार्यालयले सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने प्रतिबद्धता जनाउँदै चोरी भएका सामग्रीको पुनःप्राप्तिका लागि आम नागरिकसँग सक्रिय सहयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077