Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटिएका सामग्री खरिदबिक्री गरे कारबाही गर्ने सिआइबीको चेतावनी

जेनजी आन्दोलनमा लुटिएका सामग्री खरिदबिक्री गरे कारबाही गर्ने सिआइबीको चेतावनी

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले भदौ २३ र २४ गते भएको आन्दोलनमा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक वित्तीय संस्था लगायतका संरचनाहरूमा लुटपाट भएको सामग्री खरिद तथा बिक्री गर्नेलाई कारबाही हुने चेतावनी दिएको हो ।

आन्दोलनमा कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको सूचना आएकाले प्रचलित कानून बमोजिम कारबाही हुने ब्यूरोले जनाएको छ।

‘लुटपाट गरिएका सामानहरू विभिन्न माध्यमबाट बजारमा बिक्री-वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता सरसामानहरूको खरिद तथा बिक्री नगर्न नगराउन हुन अनुरोध गर्दछौं।’

ब्यूरोले हाल अनुसन्धान भइरहेको र त्यस्ता सरसामानहरुको खरिद तथा बिक्री नगर्न नगराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077