काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री भएकोमा बधाई दिएका छन् ।
उनले आइतबार राति सामाजिक सञ्जालमार्फत गृहमन्त्रीमा नियुक्त भएका अर्याललाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, 'गृह तथा कानुनमन्त्रीमा आदरणीय ओम अर्याल सर नियुक्त हुनुभएकोमा हार्दिक शुभकामना । उहाँको कार्यकाल सफल र जनअपेक्षाअनुरूप रहोस् भन्ने कामना गर्दछु ।'
यसअघि खरेलको नाम पनि समाजिक सञ्जालमा गृहमन्त्री बनाउनु पर्ने भन्दै चर्चामा थियो । तर उनी फेसबुके गृहमन्त्री मै सिमित भएका छन् ।
खरेललगायत कही पूर्वप्रहरी अधिकारीले गृहमन्त्री बन्नका लागि सञ्चारमाध्यमहरुमा समाचार लेखाउनेदेखि अन्तर्वार्ता दिंदै हिडेका थिए ।