Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, गुप्तचर प्रमुखबारे निर्णय होला ?

मन्त्रिपरिषद् बैठक बस्दै, गुप्तचर प्रमुखबारे निर्णय होला ?

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । चुनावी सरकारको पहिलो मन्त्रिपरिषद् आज बैठक साढे ४ बजे बस्दै छ । बैठकले सहिद घोषणा गर्ने, शोक मनाउने लगायत विषयमा निर्णय गर्दैछ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल बिस्तार गरेसँगै मन्त्रिपरिषद्को पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्ति विषयमा पनि छलफल हुने सम्भावना छ । दुई दिनदेखि विभाग नेतृत्वविहिन छ।

संक्रमणकालका कारण निमित्त प्रमुख पनि तोकिएको छैन।

एआइजीद्वय ओम जोशी र टेकेन्द्र कार्की प्रमुखको दाबेदार छन्।

जोशी पूर्वगृहमन्त्री रमेश लेखकका नातेदार र कांग्रेस निकट भएकालाई उनलाई दिदा विभागले काम गर्न नसक्ने भन्दै कार्कीलाई नियुक्ति गर्नुपर्ने कतिपयले सिफारिस गरेका छन्।

जसकारण कार्कीको सम्म्भावना बढेको चर्चा विभागमा छ।

यद्यपी आजै यस विषयमा निर्णय हुने सम्भावना कम रहेको मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताएका छन् ।

सोमबार मन्त्रिपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल नियुक्त भएका छन्। खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, भौतिक र सहकारी तथा अर्याललाई गृह र कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077