काठमाडौं । सरकारले कार्तिक १७ गते सञ्चालन गर्न लागेको उपनिर्वाचन रद्ध भएको छ ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको कार्यक्रम रद्ध भएको जानकारी दिएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।’
आयोगले राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभा विघटन गरी नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेकाले उपनिर्वाचन रद्ध गरेको उल्लेख गरिएको छ ।