Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रदान गरिने जनाएको छ ।

“मिति २०८२/०५/२३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ,” प्रहरीको सूचनामा उल्लेख छ ।

आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु भएको थियो । महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मनिष राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077