Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौं प्रहरीले भन्यो - आन्दोलनका समय आफन्त हराएका छन् भने सम्पर्कमा आउनू

काठमाडौं प्रहरीले भन्यो - आन्दोलनका समय आफन्त हराएका छन् भने सम्पर्कमा आउनू

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा तथा त्यसअघि–पछि हराइरहेका व्यक्तिहरूबारे आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

आन्दोलनका क्रममा भएको आगजनीपछि पहिचान खुल्न नसक्ने अवस्थामा केही मानव कंकाल भेटिएको र त्यसको पहिचान आवश्यक भएकाले यस्तो अपिल गरिएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक अपीलराज बोहारोले सोमबार सूचना जारी गर्दै आफन्तहरूमध्ये कोही हराइरहेको भए तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् ।

उनका अनुसार हराइरहेका व्यक्तिका बारेमा जानकारी दिन कन्ट्रोल नम्बर १०० वा काठमाडौं प्रहरी परिसरको नम्बर ९८५१२८३०१२ मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077