काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई पदको लोभी भनेर आलोचना गर्नेहरूलाई जवाफ दिएका छन् ।
उनले देश संकटमा परेका बेला सबैजना घरभित्र लुकेको अवस्थामा आफू ५०० किलोमिटर टाढाबाट काठमाडौ आइपुगेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले भने, 'मलाई पदको लोभी भन्नेहरूलाई के थाहा—देश दनदनी जलिरहेको बेला सबै डराएर घरभित्र लुकेर बसेका थिए, म भने ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिन खोजेको हुँ।'
उनले सरकारको प्रस्ताव अनुसार खानेपानी तथा श्रम मन्त्रालय नलिएको स्मरण गर्दै थपे, 'खानेपानी र श्रम तथा रोजगार दुई मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म । भारतीय दुताबास जानु पर्ने भने पछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो । हर्क साम्पाङ को हो भन्ने ।'