Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नख्खु कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ

नख्खु कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ

मंगलवार , भाद्र ३१, २०८२

सर्लाही । जेनजी आन्दोलनका क्रममा नख्खु कारागार, काठमाडौंबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका मलंगवा नगरपालिका–७ का करिब ३० वर्षीय फिरोज मन्सुरलाई सोमबार साँझ आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भदौ २५ गतेको जेनजी समूहको आन्दोलनका बेला मन्सुर नख्खु कारागारबाट भाग्न सफल भएका थिए। लामो समयदेखि फरार मन्सुरको ठेगानाबारे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले विशेष अपरेसन चलाएर नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीले पक्राउ परेका मन्सुरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको र आवश्यक प्रक्रिया पूरा गरी पुनः मलंगवा कारागार पठाउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077