Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्री अर्यालको निर्देशन

प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्री अर्यालको निर्देशन

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन्।

गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन्।  कार्यालयको अनुगमन गर्दै उनले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध भएको उनको भनाई छ ।

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएका थिए।

गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ काममा खटिन पनि ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

यस क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077