Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संदिग्ध गतिविधि देखिएपछि सुरक्षा निकायको निगरानीमा सुदन गुरुङ

संदिग्ध गतिविधि देखिएपछि सुरक्षा निकायको निगरानीमा सुदन गुरुङ

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा स्वयंसेवकका रुपमा मात्र खटिएर हाल नेतृत्वकै दाबी गरिरहेका हामी नेपाल अभियानका अध्यक्ष सुदन गुरुङका गतिविधि शंकास्पद देखिएको छ ।

खासगरी उनको विदेशीहरूसँगको सम्पर्क र सञ्जालमाथि प्रश्न उठेको छ । आन्दोलनमा ठूलो भुमिका नभएपनि पछिल्लो समय सरकार गठनमै उनले हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कुरा नमानेको भन्दै उनलाई हटाउनेसम्मको धम्की दिए । आफु निकटस्थलाई मन्त्री बनाउन समेत दबाब दिइरहेका छन् । एक कर्पोरेट वकिलले उनलाई परिचालन गरिरहेको स्रोत बताउँछ ।

एक करोड पर्ने गाडी चढ्ने गुरुङ विभिन्न दाताको पैसाले एनजिओ चलाउँदै आएका छन् । जुन एनजिओमा विदेशी दूतावास र दूतावासनिकट संस्थाबाट पैसा लिंदै आएका छन् ।

कतिपय एजेन्टले उनलाई परिचालन गरेको सूचना समेत सुरक्षा निकायले प्राप्त गरेको छ । विभिन्न रेष्टुरेन्टमा बसेर पछिल्लो समय उनी अनेक षड्यन्त्र गरिरहेको स्रोत बताउँछ ।

सोमबार बिहान मात्र उनी निलो प्लेटको गाडीबाट ओर्लिएर बालुवाटारको एक रेष्टुरेन्टमा बसेर छलफल गरिरहेका थिए । त्यहाँको गतिवधि संदिग्ध देखिएपछि सादा पोशाकका प्रहरी टोली गएर उनको टोलीलाई तितरबितर बनाएको थियो ।

उक्त स्थानको सिसिटिभी फुटेज समेत सादा पोशाकका प्रहरीले लगेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार उनी निरन्तर सुरक्षा निकायको निगरानीमा छन् ।

‘उनी कुनै समूहबाट परिचालिन हुन भन्ने देखिन्छ,’ एक उच्च सुरक्षा अधिकारीले भने,‘उनको सम्बन्ध र सञ्जाल त्यस्तै देखिन्छ ।’ उनको फ्रि-तिब्बत अभियानसँग पनि बिशेष सम्बन्ध देखिएको छ । फ्रि-तिब्बतको पक्षमा काम गर्दै आएका संस्थाहरूसँग हामी नपालले सहकार्य गर्दै आएको उनको वेभसाइट मै उल्लेख छ । यो विषयलाई लिएर छिमेकी देश चीनले पनि चासो राखेको छ ।

उनलाई विगतमा सहयोग गरेकै आधारमा बारबरा फाउन्डेसन संस्था समेत विवादमा तानिएको छ । सोही कारण संस्थाले पत्रकार सम्मेलन नै गरेर उनीसँग हाल कुनै सहकार्य नभएको भनेर प्रष्टीकरण दिएको छ ।

त्यसो त गोली खाने घाइतेहरुको वेवास्ता गरी गुरुङले आन्दोलनको अपनत्व लिन खोजेपछि जेनजीका अगुवाहरुले समेत उनीप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

उनका गतिविधि राष्ट्रिय सुरक्षामै जोखिम हुने देखिएपछि सुरक्षा निकायले निगरानी बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077