Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनपछि खण्डहर बनेको नरेफाँट प्रहरी चौकी पुनःस्थापना

जेनजी आन्दोलनपछि खण्डहर बनेको नरेफाँट प्रहरी चौकी पुनःस्थापना

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कोटेश्वरस्थित नरेफाँट प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।

‘कोटदेवी विध्यानगर समाज सुधार समिति’को संयोजनमा पुनःस्थापना कार्य सम्पन्न भएको हो ।

पुनःस्थापना समितिका संयोजक देव चौलागाईंका अनुसार स्थानीय समाजको सक्रिय पहलमा चौकीलाई पुनः सञ्चालनमा ल्याइएको छ ।

यस क्रममा समितिले प्रहरीलाई ड्यूटी प्रयोजनका लागि एक थान मोटरसाइकलसमेत हस्तान्तरण गरेको छ । प्रहरीलाई सधैं सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको संयोजक चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077