Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

बुधवार , आश्विन १, २०८२

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थलको आगमन गेटबाट १० किलो नौ सय १५ ग्राम गाँजा जस्तो देखिने बस्तुसहित उनीहरूलाई प्रहरीले हिजो पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका छन्।

थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजमा लागुऔषध फेला परेको थियो।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077