काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्- 'जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ। आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पङ्क्तिको मनोबल उच्च बनाऔँ। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ। लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ। जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।'
उनले जेनजी आन्दोलनको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको भने विरोध गर्नुपर्ने बताए ।
'