Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

स्वदेश तथा विदेशमा रहेका नेपालीकै सहयोगमा सिंहदबार पुन:निर्माण गरिन्छ : ऊर्जामन्त्री घिसिङ

स्वदेश तथा विदेशमा रहेका नेपालीकै सहयोगमा सिंहदबार पुन:निर्माण गरिन्छ : ऊर्जामन्त्री घिसिङ

बुधवार , आश्विन १, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनमा जलाइएका सिंहदरबारसहितका सरकारी संरचना नेपालीबाटै सहयोग संकलन गरेर पुन:निर्माण गरिने बताएका छन्।

जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

यसका लागि घिसिङले मन्त्री भएकै दिन ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत् घोषणा गरिसकेका छन्। घिसिङले सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण गर्न अर्थमन्त्रालयलाई छुट्टै खाता सञ्चालनमा ल्याउन आग्रह गरिएको र खाता खोल्नेकाम प्रक्रियामा रहेको बताए।

मन्त्री घिसिङले भने- 'कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।'

उनले ‘विनासबाट हामी उठ्यौँ’ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077