कैलाली । जिल्ला कारागार कैलालीबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन् ।
हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए।
उनले भने- 'कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजीकार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ ।'
कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका मध्ये प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका थिए ।
अझैँ ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए ।