Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कसले गर्‍यो सुदन गुरुङमाथि आक्रमणको प्रयास ?

कसले गर्‍यो सुदन गुरुङमाथि आक्रमणको प्रयास ?

बुधवार , आश्विन १, २०८२

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।

गुरुङ आफैले एक अनलाइनसँग आफूमाथि आक्रमणको प्रयास भएको बताएका हुन् । उनका अनुसार दुईवटा गाडी र एउटा पल्सर बाइकमा रहेको समूहले रानीबारीदेखि बानेश्वरसम्म लेखेटेको हो ।

ती को थिए भन्ने चाहिँ नचिनेको बताएका उनले मार्ने उद्देश्यले नै लखेटेको दावी गरे । उनले अहिले आफू सुरक्षित रहेको बताएका छन् ।

केहि दिन अघि रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा हामी नेपालका संयोजक गुरुङमाथि नेकपा एमालेका कार्यकर्ता प्रेम लामाको समूहले आक्रमणको प्रयास गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रहरीले पनि अहिले राजनीतिक दलका कार्यकर्ताहरुमाथि आशंका गरेर सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077