काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । आईजीपी चन्द्रकुबेर खापुङले मंगलबार एसपीहरुको सरुवा तथा काज गरेका हुन् ।
असोज महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवामा केही मत्वपूर्ण कार्यालयका प्रमुखहरुहेरफेर भएका हुन् । जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका अंगुर जि.सी पठाइएका छन् । उनी काठमाडौं उपत्याका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।
यस्तै सुदिप राज पाठकलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिइएको छ । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत थिए ।
हेर्नुहोस् सूची :





