Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेन्सिलभेनियामा गोलीकाण्ड : तीन प्रहरीको मृत्यु, दुई गम्भीर घाइते

पेन्सिलभेनियामा गोलीकाण्ड : तीन प्रहरीको मृत्यु, दुई गम्भीर घाइते

बिहिवार , आश्विन २, २०८२

एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया राज्यमा भएको एक भीषण गोलीकाण्डमा तीन प्रहरीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, एउटा मुद्दाको अनुसन्धान भइरहेका बेला घटनाको सुरुवात भएको हो । राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले कारबाहीका क्रममा बन्दुकधारीको मृत्यु भएको पुष्टि गरेका छन् ।

घटनास्थलका तस्बिरमा एक घाइते प्रहरीलाई मेडिकल हेलिकप्टरमार्फत उपचारका लागि लगिएको देखिन्छ ।

गोलीकाण्डपछि नजिकैको स्प्रिंग ग्रोभ छिमेकमा रहेको करिब २५ सय विद्यार्थी अध्ययनरत विद्यालय केही समयका लागि बन्द गरिएको थियो ।

हाल प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक नगरे पनि अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077