Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले के भने ?

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले के भने ?

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर निरीक्षण गरी ब्रिफिङ लिएका छन् ।

नयाँ गृहमन्त्रीले प्रहरी प्रधान कार्यालय पुगेर निरीक्षण गर्ने परम्परामा उनी बिहीबार बिहान प्रधान कार्यालय पुगेका हुन् ।

उनलाई प्रहरीका कामकारबाहीका बारेमा जानकारी गराइएको छ । ब्रिफिङपछि सम्बोधन गर्दै उनले अहिलेको कठिन अवस्थामा उच्च मनोबलका साथ खटिन निर्देशन दिएका छन् ।

मन्त्रालयको तर्फबाट प्रहरीलाई सक्दो सहयोग हुने भन्दै उनले उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077