काठमाडौं । भक्तपुर र काठमाडौं उपत्यका गरी ८ वटा वृत्तमा प्रहरी प्रमुख हेरफेर गरिएको छ । बुधबार प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गरेका हुन् ।
सरुवासँगै भक्तपुरको एउटा र काठमाडौंका सात गरी ८ वटा वृत्तका प्रहरी प्रमुख हेरफेर भएका छन् । डीएसपी चञ्चला श्रेष्ठ प्रहरी प्रधान कार्यालयबाट प्रहरी वृत्त जगाती भक्तपुर सरुवा भएकी छन्।
प्रह्लाद कार्कीलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा खटाइएको छ। प्रहरी वृत्त मालीगाउँमा धनबहादुर बोहरा सरुवा भएका छन्। त्यहाँ कार्यरत सुनिल जंग शाह उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन्।
प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगीलाई खटाइएको छ। प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल सरुवा भएका छन्। शुकदेव खनाललाई सीआईबी लगिएको छ।
प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीले जिम्मेवारी पाएका छन्। यस्तै प्रहरी वृत्त बौद्धमा सन्तोष रोक्का लाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।