Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरीलाई गृहमन्त्रीले भने - तपाईंहरुको संयमताले राज्यलाई ठूलो क्षति हुनबाट जोगायो

प्रहरीलाई गृहमन्त्रीले भने - तपाईंहरुको संयमताले राज्यलाई ठूलो क्षति हुनबाट जोगायो

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीले देखाएको संयमता र सहनशीलताले राज्यलाई ठूलो र अकल्पनीय क्षति हुनबाट जोगाएको बताएका छन् ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भने, “आन्दोलनको क्रममा निरन्तर बल प्रयोग र दमनको नीति अपनाइएको भए संकट अझै बढ्ने थियो। यहाँहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले ठूलो क्षति न्यूनीकरण गरेको मैले महसुस गरेको छु। यसका लागि कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कारण छैन।”

मन्त्री अर्यालले प्रहरीलाई सधैं जनताको मन र ढुकढुकीमा रहन र आफ्नो जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न निर्देशन दिए। उनले जेनजीले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसको उपलब्धिहरूको संरक्षणमा रचनात्मक योगदान पुर्याउनेमा आफू र सरकारले विश्वस्त रहेको बताए।

त्यसैगरी, हालैको आगजनी र तोडफोडबाट क्षतिग्रस्त प्रहरी इकाइहरूको पुनर्स्थापनामा समुदायले देखाएको सक्रियताले समाजमा प्रहरी सेवाको महत्त्वलाई पुष्टि गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077