काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिएको छ ।
यसअघि कार्यरत विश्व अधिकारीको सरुवा गर्दै थापालाई काठमाडौंको प्रहरी प्रमुख बनाएको हो।
एसएसपी थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। एसपी हुँदा उनले कास्की र उदयपुरको कमाण्ड गरेका थिए ।
दुवै जिल्लामा उनले नवीनतम कामहरू गरे। कुनै विवादमा नपरेका एसएसपी थापालाई कठिन अवस्थामा काठमाडौंको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।