काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले सरुवा काज भई कार्यालय प्रमुखको जिम्मेवारीसहित कार्यक्षेत्रमा खटिन लागेका एसपी र डीएसपीलाई उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
प्रधान कार्यालयमा आयोजित निर्देशनात्मक कार्यक्रममा आईजीपी खापुङले यस्तो निर्देशन दिएका हुन् ।
उनले प्रहरी संगठनको शान, इमान र जिम्मेवारीलाई प्राथमिकता दिँदै जनताको सुरक्षाप्रति दृढ प्रतिबद्ध रहन आग्रह गरे ।
उनले शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न र जनतासँग विश्वास तथा सहकार्यको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
मंगलबार मात्रै ४८ एसपी र ९० डीएसपीहरुको सरुवा भएको थियो ।