Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा किन टिक्दैनन् एससएसपी ?

काठमाडौंमा किन टिक्दैनन् एससएसपी ?

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । सामान्यतया जिल्ला प्रहरी प्रमुखको कार्यकाल एक वर्षको हुन्छ । तर, काठमाडौंका प्रहरी प्रमुखले भने बिरलै एक वर्षको कार्यकाल पूरा गर्न पाएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीको आठ महिनामै बिहीबार सरुवा भएको छ । पछिल्लो जेनजी आन्दोदनपछि उनको सरुवा भएको हो ।

उनी माघको दोस्रो साता काठमाडौंमा हाजिर भएका थिए । उनको स्थानमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ ।

अधिकारीभन्दा पहिला परिसरमा बसन्त रजौरे प्रमुख थिए । उनको पनि नौ महिनामा सरुवा भएको थियो । रजौरे भन्दा अगाडि भूपेन्द्र खत्री परिसरको प्रमुख थिए ।

रवि लामिछाने गृहमन्त्री भएपछि खत्रीलाई हटाएर रजौरेलाई परिसरमा लगेका थिए । खत्रीको पनि सात महिनामै सरुवा भएको थियो ।

खत्रीअघि दानबहादुर कार्की परिसर प्रमुख थिए । कार्कीको पनि आठ महिनामै सरुवा भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धि अनुसन्धानले उनको सरुवा भएको थियो ।

कार्कीभन्दा अघि सुदीप गिरी काठमाडौं परिसर प्रमुख थिए । उनको भने डिआइजीमा बढुवा भएपछि सरुवा भएको थियो ।

अशोक सिंह भने एक वर्ष बसेका थिए। भइसकेको सरुवा समेत रोकेर उनी परिसरमा बसेका थिए । त्यसअघि श्यामलाल ज्ञवाली परिसर प्रमुख थिए । ज्ञवालीले पनि आठ महिना भन्दा लामो समय काम गर्न पाएनन् ।

पछिल्लो दशकमा उत्तम सुवेदी, उत्तम कार्की र बिक्रमसिंह थापाले भने पूरा अवधि काम गरेका थिए ।

पुष्कर कार्कीको ४ महिना, रबिन्द्र धानुक ५ महिना, विश्वराज पोखरेलको ६ महिना तथा बसन्त लामाको नौ महिनामा सरुवा भएको थियो । त्यसअघि जयबहादुर चन्द, रणबहादुर चन्द र सुबोध घिमिरको पनि कार्यकाल पूरा गर्न नपाई सरुवा गरिएको थियो ।

काठमाडौंको एसएसपीका लागि तिव्र चलखेल हुने भएकाले पनि यसरी छोटो समयमा सरुवा हुने गरेको छ।

कतिपय एसएसपी भने विवादमा परेर हट्ने गरेका छन् । यसरी बारम्बार नेतृत्व फेरिदा काठमाडौं पुलिसिङको नीति भने अस्थिर बन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077