मोरङ । प्रहरीले जिल्लाको विराटनगर महानगरपालिका ८, हाटखोलाबाट ५३८ केजी लागुऔषध गाँजासहित एउटा कार बरामद गरेको छ।
प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारका अनुसार कारमा लोड गरेर राखिएको अवस्थामा फेला परेको गाँजा र गाडी बेवारिसे अवस्थामा भेटिएको हो।
असोज २ गते राति करिब ८:४० बजे शङ्कास्पद अवस्थामा रहेको प्रदेश १-०२-००१ च १६६६ नम्बरको सिल्भर रङको कारको जाँच गर्दा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
बरामदसँगै चालक र कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ।