Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु

जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु गरिएको छ । शनिबारदेखि आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरिएको हो ।

यसै क्रममा शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।  उनले मन्त्रालयको भित्तामा क्षति नभए पनि स्ल्यावहरुमा पूर्णरुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए ।

May be an image of 5 people, monument and temple

आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुनः प्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको उनले बताए ।

त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे ।

बरालले प्रारम्भिक परीक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुनर्निर्माण गर्ने भन्ने सुझाव दिइने बताए ।

सर्वोच्च अदालत भवनमा अझै उडिरहेको छ धुवाँ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077