Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नख्खु कारागार तोडफोड र आगजनी : रास्वपाका प्रवक्ता झा पनि क्यामेरामा कैद, भिडिओ भाइरल

नख्खु कारागार तोडफोड र आगजनी : रास्वपाका प्रवक्ता झा पनि क्यामेरामा कैद, भिडिओ भाइरल

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । नख्खु कारागारमा भदौ २४ गते जेनजी आन्दोलनको उत्कर्षसँगै भएको तोडफोड र आगजनीमा रास्वपाका प्रवक्ता मनिष झा उपस्थित भएको देखिने भिडिओ सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म व्यापक रूपमा फैलिएको भिडिओमा झा कालो टिसर्ट र सेता गम्छा लगाएर भीडबीच भाग्दाभाग्दै कसैसँग कुराकानी गरिरहेका देखिन्छन् ।

त्यहीबेला सहकारी घोटालामा मुछिएका रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारमा थुनामा थिए । जेनजी आन्दोलनको दिनै उनी कारागारबाट नाटकीय रूपमा बाहिरिएका थिए ।

कार्यवाहक सभापति डिपी अर्याल, प्रवक्ता झा, सहमहामन्त्री विपिन आचार्य, सांसद हरि ढकाललगायत नेताहरू नख्खु पुग्दा ‘देश चलाउने गृहमन्त्रीलाई थुनेर राख्न मिल्दैन’ भन्दै चर्को नाराबाजी भएको थियो। सोही वातावरणमा लामिछाने जेलबाट बाहिरिएका थिए ।

तर विवाद भएपछि लामिछाने फेरि नख्खु कारागार फर्किसकेका छन् । प्रवक्ता झाको तोडफोडस्थलमा देखिएको भिडिओ सार्वजनिक भएपछि रास्वपा फेरि विवादमा तानिएको छ।

https://www.tiktok.com/@r_traveler/video/7551648082279058695?is_from_webapp=1&sender_device=pc

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077