Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भीमफेदी कारागारबाट ४४० कैदी भगाउनेलाई जेलरकै साथ !

भीमफेदी कारागारबाट ४४० कैदी भगाउनेलाई जेलरकै साथ !

आइतवार , आश्विन ५, २०८२

मकवानपुर । भीमफेदी कारागारबाट जेनजी आन्दोलनको क्रममा त्यहाँका कैदीबन्दी भगाउने कारागारको आन्तरिक प्रशासनका एक नाइकेलाई कारागार प्रशासनले नै संरक्षण गरेको पाइएको छ ।

जेनजीको आन्दोलनको अवसरलाई अपराधिक कार्य गराउन अग्रसर भएका भीमफेदी कारागारको कैदीबन्दी ब्लक 'क' अन्तर्गतका आउटडोर नाइके समेत रहेका मकवानपुर मनहरीका कैदी परु भन्ने टेक बहादुर वाइवाको मुख्य योजना रहेको भगौडा एक कैदीबन्दीले बताएका छन् ।

बिगत ५ बर्ष देखि भीमफेदी कारागारको ‘क’ बल्कमा लुटधन्दा चलाइरहेका उनै वाइवाले भाद्र २४ गते राति कारागारमा आगजनी गरि त्यहाँ रहेका कैदीबन्दी भगाउने योजना बनाएको तथ्य सार्वजनिक भएको छ ।

कारागारबाट कैदीबन्दी भगाउन त्यहाँ कार्यरत जेलर सुवास पौडेल समेतको हात रहेको चर्चा चलेको छ । जेलर पौडेल र कैदी वाइवा सधैँ सँगै रहने र मिलेर कैदीहरुलाई भगाउने योजना बनाउने कार्य गरेको कारागारबाट फरार एक कैदीले बताए ।

फरार ती कैदी भन्छन्, ‘भीमफेदी कारागार भित्र लागूऔषध मुद्धाका कैदी परु भन्ने टेक बहादुर वाइवाले लुटतन्त्र मच्चाउने काम गर्छन ।'

टेलिफोन गरे बापत हरेक कैदीबन्दीलाई ठगि गर्ने कारागार भित्रको सबै व्यवसायमा कालोबजारी गर्ने देखि कैदीबन्दीलाई आएको सिधा सुविधा समेत वाइवाले नै भोगचलन गर्ने गरेको गुनासो गरे ।

भाद्र २४ गते जेनजी समुहको आन्दोलनले कुनै प्रभाव नपरेको भीमफेदी कारागारको बल्क क मा राति एकाएक आगो दन्कियो, त्यस पश्चात कैदीबन्दी सोही मौका खोजेर कारागारको पर्खाल भत्काउन थाले ।

१२ जनाको समुहमा रहेको प्रहरीले नियन्त्रण लिन खोजे पनि सम्भव नभएपछि कारागारको बाहिरी सुरक्षाको जिम्मेवारी लिएको शसस्त्र प्रहरीले गोली चलायो ।

दुई कैदी गोली लागेर घाइते भए भने ४ सय बढी कैदी फरार भए । यसको मुख्य योजनाकार कारागारको आन्तरिक प्रशासनको जिम्मा लिएका परु भन्ने टेक बहादुर वाइबा रहेको खुलासा भएको छ ।

कारागार प्रशासनले समेत कैदीका नाइके वाइवालाई ज्वाई जसरि राखेका कारण पनि कारागारमा उक्त घटना भएको स्रोतको दाबी छ ।

विभिन्न जिल्ला अदालतबाट ३ भन्दा बढी मुद्धामा कैद कायम रहेका वाइबाकै कारण कारागारका कैदीबन्दीले दुःख खेप्नु परेको र कारागार प्रशासनले समेत वाइवालाई खुलमखुल्ला छोडिदिने गरेका कारण पनि कारागारबाट कैदीबन्दी भाग्न सफल भएको बताइन्छ ।

कारागार प्रशासनले वाइबामार्फत ठुलो धनराशि मासिक रुपमा लिने गरेका कारण पनि वाइबालाई खुलम खुल्ला छोड्ने गरेको तथ्य बाहिरिएको छ । वाइबा उपचारको बहानामा साउन २६ गते भरतपुरसम्म पुगेको र त्यहाँ वाइबाले बाहिरी मान्छेहरुसँग भेटघाट समेत गरेको पाइएको छ ।

भीमफेदी कारागारमा सामान्य व्यक्तिलाई कारागारको चौकीदार बनाएर उनै वाइबाले कारागारको सम्पूर्ण ब्यबसाय चलाउने गरेको बताइन्छ ।

वाइबाकै कारण भीमफेदी कारागारबाट ४४० जना कैदीबन्दी फरार भएका थिए । हालसम्म पनि २५३ जना कैदीबन्दी फरार रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

वाइवाको कारण कारागारमा असुरक्षा रहेको तथा वाइबाले आर्थिक प्रलोभनमा कारागार पारि व्यवस्थापन पक्षलाई रिझाएका कारण उनलाई जे गर्न पनि छुट भएको श्रोत बताउँछ । आर्थिक प्रभावकै कारण वाइबालाई कारागार स्थान्तरण गर्न नसकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077