काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने तयारी भएको छ।
आइतबारको मन्त्रिपरिषद् बैठकले राजस्व र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा फर्काउने निर्णय गर्न सक्ने स्रोतले जानकारी दिएको छ।
यी निकायहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १६ गते आफ्नो कार्यालय मातहत ल्याएका थिए।
२०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला फिर्ता गराउने बहस चले पनि उनले पहल गरेका थिएनन्।