Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रास्वपाले १० महिनादेखि तिरेन भाडा, भवन खाली गर्न घरधनीको अल्टिमेटम

रास्वपाले १० महिनादेखि तिरेन भाडा, भवन खाली गर्न घरधनीको अल्टिमेटम

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय रहेको भवनको १० महिनादेखि भाडा नतिरेपछि घरधनीले तीन महिनाभित्र खाली गर्न अल्टिमेटम दिएका छन्।

रास्वपालाई वनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन्।

लामो समयसम्मको भाडा नपाएको र असुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए।

अमेरिकामा रहेका देवकोटाले १० महिनाको भाडावापतको रकम नपाएको र पार्टीलाई सापट दिएको पैसा पनि नदिएको बताए। देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो।

रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो। पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक-फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर वनस्थलीमा सारिएको थियो।

रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077