Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलालीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कैलालीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

शुक्रवार , आश्विन १०, २०८२

धनगढी । कैलालीको धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ धनगढी उपमहानगरपालिका-७ जेपी चोक नजिक रोकी राखेको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका -१२ का १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरको सेती प्रादेशिक अस्पताल धनगढी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले ट्रक र ट्रक चालक चुरे गाउँपालिका-३ का २९ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै ट्रक सँग ठोक्किएको मोटरसाइकलले धनगढी उपमहानगरपालिका-१२ सी गाउँ बस्ने ७० वर्षीय मना पार्कीलाई समेत ठक्कर दिएको थियो ।

उनलाई मोटरसाइकलले सी गाउँमा ठक्कर दिएको थियो । घाइते मनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077