काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि केही दिनयता पृथ्वी राजमार्गअन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव अब समाधान भएको नेपाल आयल निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिमा राजमार्गमा रहेका सबै पेट्रोल पम्पमा नियमित आपूर्ति सुरु भइसकेको र पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको प्रष्ट पारिएको हो ।
उपभोक्तालाई अनावश्यक त्रास नलिन आग्रह गर्दै निगमले इन्धन आपूर्ति अब सहज र व्यवस्थित रहेको जानकारी दिएको छ ।