जनकपुर । जनकपुरमा झुला भाँचिएर फसेका ५६ जनाको नेपाली सेनाले उद्धार सकुशल गरेको छ। शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको दशमी मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो।
नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरूको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरेको हो। विजयादशमीमा महावीर युवा युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलीले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले फसेका सबै व्यक्तिहरूको सकुशल उद्धार गरिएको सेनाले जनाएको छ।