Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिने कर्मचारी हटाइए

कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिने कर्मचारी हटाइए

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले निर्णायक कदम चालेका छन् ।

नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा कार्यसम्पादन मूल्यांकनमा उनलाई शून्य अंक दिने सहसचिव जीवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक पदबाट हटाइएको हो ।

करिब डेढ महिनाअघि तत्कालीन ऊर्जा मन्त्री दिपक खड्काले मण्डललाई मन्त्रालयबाट सरुवा गरी महानिर्देशकमा पठाएका थिए । तर, घिसिङ ऊर्जा मन्त्रीमा नियुक्त भएपछि शीर्ष तहमा व्यापक सरुवा–बदली अभियान थालेका छन् ।

शुक्रबार मन्त्रिस्तरीय निर्णयमार्फत मण्डललाई विभागबाट मन्त्रालयमा फिर्ता बोलाइयो भने उनको स्थानमा मनदेवी श्रेष्ठलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077