काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व दशैंका बेला परेको अविरल वर्षा र पहिरोका कारण देशका दुई प्रमुख प्रदेश, कोशी र बागमतीअन्तर्गत मुख्य राजमार्गहरू चार स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका कारण दुई स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका–४ बरुणमा जेठ ६ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै मकालु गाउँपालिका–३, एकुवामा भदौ १५ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यसैगरी बागमती प्रदेशको रसुवा जिल्ला पनि बाढी र पहिरोको चपेटामा परेको छ, जसले गर्दा महत्त्वपूर्ण सडक खण्डहरू अवरुद्ध भएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–२ (नेपाल र चीन नाका जोड्ने पुल) असार २४ गतेको बाढीका कारण नेपाल र चीन जोड्ने यो महत्त्वपूर्ण पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गोसाइँकुण्ड गाउाँपालिका–२ (पासाङ ल्हामु सडक खण्डमा सडक) असोज असार १६ गतेदेखि गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक खुलाउनका लागि सम्बन्धित निकायहरूले प्रयास गरिरहेका नेपाल प्रहरीले जनाएको छ । कुन
यस्तो छ राजमार्गको अवस्था ?