Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठक आह्वान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठक आह्वान

सोमवार , आश्विन २०, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले मङ्गलबार बिहान साढे ११ बजे बस्नेगरि राष्ट्रिय परिषद्को बैठक आह्वान गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।

राष्ट्रिय परिषद बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्वपूर्ण छलफल हुनेछ ।

विगत तीन दिनदेखि परेको निरन्तर वर्षाबाट सिर्जित बाढीपहिरोको कारण ४४ जनाको मृत्यु भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन्।

वर्षाका कारण सबैभन्दा बढी क्षति इलाममा भएको छ। इलाममा पहिरोमा पुरिएर ७ जना बालबालिकासहित ३७ जनाको मृत्यु भएको छ।

त्यस्तै मोरङमा एकजना, सुनसरीमा एकजना, उदयपुरमा दुई जना, खोटाङमा एकजनासहित मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

यस्तै प्रहरीका अनुसार बाढीपहिरोको कारणदेशभर १८ स्थानमा अहिले पनि सडक अवरुद्ध छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077