Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

देउवालाई शशांक कोइरालाको सुझाव- तत्काल कार्यबाहक सभापति तोक्नुस्

देउवालाई शशांक कोइरालाको सुझाव- तत्काल कार्यबाहक सभापति तोक्नुस्

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता  शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिदँै उनले यस्तो भनेका हुन् ।

उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न सुझाव समेत दिएका छन् ।

उनले भने- 'विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस् । एक जनालाई कार्यबाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । र उनले मिति तय गर्दछन् । मलाई लाग्दछ-मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।'

कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए ।

मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077