Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अलमल गर्ने समय छैन, रास्वपा लगायत सबैले आ-आफ्नो हठ त्याग्नैपर्छ : तोसिमा कार्की

अलमल गर्ने समय छैन, रास्वपा लगायत सबैले आ-आफ्नो हठ त्याग्नैपर्छ : तोसिमा कार्की

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नयाँ पुस्ताका राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फथ देश निर्माणका लागि अब अलमल नगरी एउटै मोर्चामा उभिनुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्- 'अलमल गर्ने समय छैन। नो इफ, नो बट्स ! नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्छ। देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू, रास्वपालगायत सबैले आ–आफ्नो हठ त्याग्नैपर्छ।'

उनले राजनीतिक हठ र व्यक्तिगत स्वार्थले नयाँ सोचका शक्तिहरू टुक्रिँदै गएको उल्लेख गर्दै व्यङ्ग्यात्मक शैलीमा लेखेकी छन्-'हठकै राजा महाराजा हुनुथ्यो त ओली छँदै थिए नि !'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077