Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रविलक्षित तोसिमाको टिप्पणी - एक व्यक्तिले देश बन्दैन, घमण्डले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि !

रविलक्षित तोसिमाको टिप्पणी - एक व्यक्तिले देश बन्दैन, घमण्डले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि !

शनिवार , कार्तिक २९, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी सुधार, सहकार्य र छलफललाई अवरुद्ध गर्ने प्रवृत्तिमाथि आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत पार्टीभित्र ‘सबै अट्ने–सबै खट्ने’ संरचना बनाउने मार्गचित्र पेश हुन नदिन विभिन्न प्रयास गरिएपछि उनले गम्भीर असन्तुष्टि व्यक्त गरेकी हुन् ।

डा. कार्कीका अनुसार, संगठनका कार्यकर्ताहरूको अत्यधिक दबाब र निरन्तरको आग्रहका कारण संस्थापन पक्ष अन्ततः सुधारको मार्गचित्र अघि सार्न बाध्य बनेको छ । 'पैसा, पसिना र समय खर्चेर दिन–रात खटिनुभएका संगठनका साथीहरूको समर्थनका कारण मात्रै त्यो आवाज उठ्न सक्यो,' उनले भनिन् ।

आफूले प्रस्तुत गरेको वैचारिक र संस्थागत सुधारको प्रस्तावमा आवश्यक बहस हुन नदिइएको र निर्णय प्रक्रियामा न त बहुमतको सम्मान भयो, न विधि–पद्धति पालन गरियो, भन्ने आरोप उनले लगाइन् ।

उनले रास्वपाका सभापति रवि लामिछाने लक्षित कटाक्ष गर्दै भनिन्, 'घमण्ड र दबाबले पार्टी चलाउनै थियो भने यसको प्रतिनिधि त पहिले नै ओलीज्यू थिए नि !'

डा. कार्कीले सुधारको एजेन्डालाई प्रतिगमनका रूपमा चित्रण गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिको अपमान भएको बताइन् । 'आफू र पार्टी सुधार्न उदार हुन नसक्ने नेतृत्वले देश के बनाउला ?,' उनले प्रश्न गरिन्।

उनी भन्छिन्, 'सबै अट्ने, सबै खट्ने' भन्ने सिद्धान्त आत्मसात गर्न नसके पार्टीले योग्य र अब्बल व्यक्तिहरूलाई झन् धेरै गुमाउँदै जानेछ।'

फरक विचार वा फरक रोडम्याप ल्याउँदैमा बारम्बार मिडिया ट्रायल र चरित्रहत्या सहनुपर्नुपर्ने संस्कृतिले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने उनको बुझाइ छ।

'अस्तित्व नै एक व्यक्तिले दया गरेर दिएको जस्तो महसुस गराउने व्यवहार जारी रह्यो भने कोही बोलेर, कोही नबोली–बोली पार्टी छोड्छन्,' उनले चेतावनी दिइन्।

नेतृत्वमा सामूहिकता, सहकार्य र विनम्रताको आवश्यकता दोहोर्‍याउँदै डा. कार्कीले भनिन्, 'एक व्यक्तिले देश बन्दैन । देश बनाउन सज्जनहरूको सहकार्य अनिवार्य छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077