Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन मनाइने धन्वन्तरी जयन्ती र आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदैछ।

वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीन आयुर्वेद चिकित्सापद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति सम्झनामा देशभर विभिन्न कार्यक्रम गरेर आज धन्वन्तरी जयन्ती र आरोग्यता दिवस मनाउन लागिएको हो। बिहान त्रयोदशी तिथि परेका दिन धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको वैदिक सनातन हिन्दू ग्रन्थमा उल्लेख छ।

आजको दिन आयुर्वेदका चिकित्सकहरूले सत्संकल्प गरी शुभकार्य सुरु गर्छन्। काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको हो।

त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका रूपमा स्थापित आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पताल थियो। विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आंगिक क्याम्पसका रूपमा सञ्चालित छ। आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ। धन्वन्तरी जयन्ती र आरोग्यता दिवसमा भगवान् धन्वन्तरीको पूजा हुन्छ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा मनाउन थालिएको हो। हातमा आयुर्वेद पुस्तक र प्रकृतिको औषधिको प्रतीक जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।

धन्वन्तरी जयन्तीका अवसरमा सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन र प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रका आयुर्वेद अस्पतालमा विभिन्न कार्यक्रम गरिँदैछ।

कोरोना भाइरस र डेंगु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सा प्रभावकारी छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077