काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन हुने भएको छ ।
एकीकृत समाजवादीको आइतबार (कात्तिक १६) बसेको सचिवालय बैठकले १९ गते एकता राष्ट्रिय सम्मेलनको निर्णय गरिएको हो ।
बिहान ११ बजे क्वीन पार्टी प्यालेस सुकेधारामा एकता सम्मेलन हुनेछ ।
पार्टीको नाम नेकपा (समाजवादी) रहने नेताहरूले बताएका छन् । पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह–संयोजक माधव नेपाल रहनेगरी छलफल भइरहेको छ ।
अहिले माओवादीको पार्टी कार्यालय पेरिडाँडामा प्रचण्ड–माधव छलफल भइरहेको छ ।