Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कैलाली–५ बाट आरजु राणा पहिलो नम्बरमा सिफारिस

कैलाली–५ बाट आरजु राणा पहिलो नम्बरमा सिफारिस

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् । 

नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो । 

राणासँगै अन्य तीनजनाको पनि नाम सिफारिस भएको उनले जानकारी दिए ।

कैलालीका पूर्वसभापति नरनारायण शाह, नेता डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर तथा केन्द्रीय सदस्य नृपबहादुर वड सिफारिस भएका छन् ।

यी चार नेताहरूको नाम केन्द्रमा पठाइएसँगै उम्मेदवार छनोट अब पार्टी केन्द्रीय समितिको हातमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077