Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंद्वारा वार्ता समिति गठन

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंद्वारा वार्ता समिति गठन

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान, नेपाल ले सरकारसँग वार्ता गर्न औपचारिक रूपमा वार्ता समिति गठन गरेको छ।

अभियानले प्रेमदीप लिम्बूको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।

समितिका सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्।

वार्ता प्रक्रिया सहज बनाउन अभियानले दुई जना अधिवक्तालाई वार्ता सहजकर्ताका रूपमा तोकेको छ। वार्ता सहजकर्तामा अधिवक्ता विनोदमणि भट्टराई र अधिवक्ता लबन न्यौपाने रहेका छन्।

वार्ता समिति गठन गरिएको विषयमा अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारलाई औपचारिक जानकारी गराइसकेका छन्। उनले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै वार्ताका लागि तयार रहेको स्पष्ट पारेका छन्।

यसअघि सरकारले पनि आइतबार नै वार्ता समिति गठन गरिसकेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा गठित सरकारको आन्तरिक सहजीकरण तथा समस्या समाधान समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।

दुवै पक्षबाट वार्ता समिति गठन भएसँगै पछिल्लो समय चर्किँदै गएको विवाद संवादमार्फत समाधान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077