Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

शुक्रवार , पौष १८, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु रहने महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077