Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौं-२ बाट चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा

काठमाडौं-२ बाट चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा

शनिवार , पौष १९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

काठमाडौं–२ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा पुगे पनि क्षेत्रको अपेक्षित विकास हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले स्थानीय समस्या संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको उनको आरोप छ ।

पोखरेलले काठमाडौं-२ मा खानेपानी र सडक समस्या गम्भीर रहेको बताउँदै त्यसको समाधान आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारिन् । विशेष गरी साँखु आसपासका क्षेत्रमा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्थाले नागरिकको दैनिक जीवन प्रभावित भएको उनको भनाइ छ ।

उनले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने तथा सानो आम्दानीका लागि विदेश जान बाध्य नहुनुपर्ने नागरिकको चाहना रहेको उल्लेख गर्दै आफू निर्वाचित भए सोहीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘उनले भनिन्- ‘यो क्षेत्रले प्रधानमन्त्री पनि पायो, राष्ट्रपति पनि पायो । तर विकास केही भएन । यहाँका जनताबाट चुनिएर गएका प्रतिनिधिले यहाँका समस्या संसदमा उठाएको देखिँदैन यहाँ खानेपानीको समस्या छ, बाटोको समस्या छ । नागरिकले शिक्षा र स्वास्थ्य निःशुल्क होस् र ३०–४० हजार रुपैयाँका लागि विदेश जान नपरोस् भन्ने मात्रै त चाहेका हुन् ।'

पोखरेलले आफूले यसअघि पनि महिलालाई उद्यमशीलता तालिम दिने कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै निर्वाचनमा पराजित भए पनि नागरिकसँग गरेका प्रतिबद्धता पूरा गर्दै आएको दाबी गरिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077