Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घनश्याम भूसालले दिए विशेष महाधिवेशनका लागि गगन-विश्वलाई शुभकामना

घनश्याम भूसालले दिए विशेष महाधिवेशनका लागि गगन-विश्वलाई शुभकामना

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको नेपाली कांग्रेसको विशेष महाधिवेशन नेपालको राजनीतिको लागि ठुलो महत्त्व राख्ने बताएका छन् ।

भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन सफल भए कांग्रेस आफैँको पार्टी बन्ने र यसले कम्युनिष्ट पार्टीलाई समेत आफ्नै मार्गमा प्रेरित गर्ने बताएका हुन् ।

उनले लेखेका छन्- ‘विशेष महाधिवेशनले नेपाली राजनीतिको मधुशाला भत्काउन सके, आजको राजनीतिक गतिरोध तोड्न असाधारण योगदान गर्नेछ र सडकमा दिनदहाडै भइरहेको विचारको खरिदबिक्री रोकिनेछ।’

उनले गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुने महाधिवेशन उनीहरूको मामिला भए पनि यदि सफल भयो भने कम्तीमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुने दाबी गरेका छन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077