काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जेनजी आन्दोलपछिको परिस्थितिमा मुलुक राजनीतिक ब्ल्याक होलतर्फ जान लागेको अवस्था आइरहेको बताएका छन् ।
पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तो राजनीतिक अवस्थाको बारेमा बैठकमा गम्भीर समीक्षा हुनुपर्ने उनको भनाई छ । उनले नेकपा एसको एकताको प्रक्रियाको विषयमा पनि बैठकले समीक्षा गर्ने बताए ।
उनले भने–‘हामीले यो बैठक असाधारण परिस्थतिमा गर्न लागिरहेका छौं । एकैचोटी सबैतिर प्रश्न उठेको छ । संविधान समेत केही ठाउँमा मिचिइरहेको छ । राजनीतिक ब्ल्याक होलतर्फ त गइरहेको छैन ? यो अवस्थामा हामी बैठक बस्दैछौं ।’