Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हिजो देश नबनेको चिन्ता थियो, आज देश नबच्ने डर छ : पूर्वराजा ज्ञानेन्द्र

हिजो देश नबनेको चिन्ता थियो, आज देश नबच्ने डर छ : पूर्वराजा ज्ञानेन्द्र

शनिवार , पौष २६, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देश नै नबच्ने हो कि भन्ने निराशा पैदाभएको बताएका छन् ।

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राज्य व्यवस्था परिवर्तन भएको करिब दुई दशक बितिसक्दा पनि देश निरन्तर संकटको घेरामा रहेको उल्लेख गरेका छन् ।

नारायणहिटीबाट बाहिरिएको करिब २० वर्ष पूरा भइसक्दा पनि देशले स्थायित्व र समृद्धिको बाटो नसमातेको भन्दै पूर्वराजा शाहले असन्तुष्टि व्यक्त गरेका छन्।

भिडियो सन्देशमार्फत उनले भने, 'हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।'

पूर्वराजा शाहले देशबाट युवाहरूको निरन्तर पलायनलाई गम्भीर समस्या भएको बताए। उनका अनुसार युवाशक्ति विदेश पलायन हुने क्रम तत्काल रोक्न नसकिए मुलुक असफल राष्ट्रतर्फ धकेलिन सक्छ।

'जबसम्म युवा पुस्ताको चाहना सम्बोधन गरिँदैन, तबसम्म असन्तोष बढ्दै जान्छ। त्यो असन्तोष विद्रोहको रूप लिन पनि सक्छ भन्ने कुरा नेतृत्वले बुझ्नैपर्छ,' उनले चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077